मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आज परिवारको सहयोग मिल्नेछ। काममा प्रगति हुनेछ र नयाँ योजनाहरू सफल हुनेछन्। तर अनावश्यक खर्च हुन सक्छ, त्यसैले ध्यान दिनुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो)
आफ्नो स्वास्थ्यप्रति सजग रहनु पर्नेछ। यात्रा गर्दा वा काममा ध्यान दिनुहोस्, नसोचेको तनाव आउन सक्छ। नयाँ अवसर प्राप्त भए पनि निर्णय गर्दा विचार गर्नुहोस्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक काममा प्रशंसा प्राप्त हुनेछ। साथीभाइको सहयोगले महत्वपूर्ण कामहरू सफल हुनेछन्। प्रेम सम्बन्धमा सुधार आउने संकेत छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मनमा उत्साह र नयाँ ऊर्जा महसूस हुनेछ। आर्थिक पक्ष बलियो बन्दै जानेछ। व्यापारमा मुनाफा बढ्नेछ, तर नाफा जोगाउन ध्यान दिनुहोस्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। आत्मविश्वास बढ्नेछ र चुनौतीहरूलाई सजिलै पार गर्ने सामर्थ्य हुनेछ। यात्रामा भने सतर्क रहनुहोस्।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अवसरलाई उपयोग गर्न सकिने दिन हो। वैदेशिक सम्बन्धमा सुधार आउनेछ। नयाँ योजना बनाउने समय हो, तर परिवारमा केही असन्तुष्टि हुनसक्छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विवादमा नपर्नु राम्रो हुन्छ। मानप्रतिष्ठा जोगाउने प्रयास गर्नुहोस्। तर, आर्थिक लाभ प्राप्त हुने सम्भावना छ। प्रेम सम्बन्धमा चुनौतीहरू आउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिनमा आफ्ना काममा सुधार देखिनेछ। नयाँ अवसरले उत्साहित बनाउनेछ। तर स्वास्थ्यमा ध्यान पुर्याउनु आवश्यक छ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आफूले गरेको मेहनतको फल प्राप्त हुनेछ। अरूको सहयोग मिल्नेछ र नयाँ सम्बन्धहरू बढ्नेछन्। आर्थिक लाभ प्राप्त हुनेछ।
मकर (भो,जा, जि, खि, खु, खे, खो, गा, गि)
काममा थप जिम्मेवारी आउन सक्छ। ध्यान दिएर काम गर्दा सफल भइनेछ। परिवारसँग सम्बन्धमा सुधार आउनेछ। आर्थिक लाभ पनि हुने दिन हो।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मन अशान्त रहनेछ, तर आत्मविश्वासले समस्याहरू समाधान गर्न सहयोग पुर्याउनेछ। यात्रामा सतर्कता अपनाउनु होला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज काममा सफलता प्राप्त हुनेछ। सानो प्रयासले ठूलो उपलब्धि हात पर्नेछ। आर्थिक अवस्थामा सुधार आउनेछ र पारिवारिक माहोलमा आनन्द छाउनेछ।
ग्रहदशाको प्रभाव अनुसार परिवर्तन आउन सक्छ, यसैले सकरात्मक सोच र सतर्कताले सफलता प्राप्त गर्न सहयोग पुर्याउँछ।
- Jigyasa media