Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

मनसुन थप सक्रिय : वाग्मती र कोसीमा अति भारी वर्षाको चेतावनी, काठमाडौंमा भोलिसम्म भारी वर्षा हुने सम्भावना

  •   २ महिना अघि | २९ असार २०८३, सोमवार

काठमाडौं। देशभर मनसुन सक्रिय बन्दै जाँदा कोसी र वाग्मती प्रदेशमा अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा नेपालका तराई क्षेत्रनजिक सरदर स्थानभन्दा केही माथि रहेकाले वर्षा थप सक्रिय हुने अनुमान गरिएको हो।

विभागका अनुसार सोमबार कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बदली रही मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना छ। विशेषगरी कोसी र वाग्मती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

यसैगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस प्रदेशका अधिकांश क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। हिमाली क्षेत्रमा भने वर्षासँगै हिमपातको सम्भावना पनि औँल्याइएको छ।

रातिको समयमा पनि मौसम पूर्ण रूपमा नखुल्ने विभागको पूर्वानुमान छ। कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने तथा कोसी र वाग्मतीका पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने सम्भावना रहेको बताइएको छ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुनी प्रणाली अहिले विशेषगरी देशको पूर्वी र मध्य भागमा बढी सक्रिय रहेको छ। उनले धरान, चितवन लगायतका क्षेत्रमा भारी वर्षा भइरहेको र काठमाडौं उपत्यकाको मध्य तथा उत्तरी क्षेत्रमा बिहानसम्म मध्यम वर्षा भएको जानकारी दिएका छन्।

उप्रेतीका अनुसार काठमाडौंमा दिउँसो वर्षा केही कम भए पनि साँझदेखि भोलिसम्म पुनः भारी वर्षा हुने सम्भावना रहेको छ। वर्षाको प्रणाली उपत्यकाका वरिपरिका क्षेत्रमा पनि विस्तार हुँदै गएको उनले बताएका छन्।

यस्तै, कैलालीको चुरे क्षेत्रमा परेको वर्षाका कारण पथरिया नदीको जलसतह बढ्न थालेको छ भने लम्कीचुहा, कोहलपुर र दाङ क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।

मौसमविद्हरूले आगामी २४–४८ घण्टासम्म बाढी, पहिरो, डुबान तथा नदी–खोलामा आकस्मिक बहाव बढ्ने जोखिम रहने भएकाले नदी किनार, पहिरो सम्भावित क्षेत्र तथा कमजोर भू–भागमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप