Breaking News
पश्चिमी न्यून चापीय रेखाको प्रभाव कायम, पाँच प्रदेशमा वर्षाको सम्भावना    ||     फुटबल महाकुम्भको भव्य सुरुवात : साकिरादेखि नोरा फतेहीसम्मको सांगीतिक उत्सव    ||     आगामी दुई दिन वाग्मती, मधेस र लुम्बिनीका दक्षिणी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     धान रोपाइँको मुखमै सुदूरपश्चिममा मल संकटको संकेत, २६ पालिकाले अझै उठाएनन् रासायनिक मल    ||     देशका विभिन्न प्रदेशमा आज वर्षाको सम्भावना, केही तराई क्षेत्रमा तातो दिन रहने    ||     आज पहाडमा वर्षा र हिमपात, तराईमा तातो दिनको सम्भावना    ||     बाढी–पहिरोको जोखिम बढ्दा ३ सडक पूर्ण अवरुद्ध, मध्यपहाडी लोकमार्गमा एकतर्फी यातायात    ||     प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेटमाथि सामान्य छलफल सुरु हुने    ||     सुनचाँदी बजारमा पहिरो : सुन तोलामै ८ हजार २ सय रुपैयाँ घट्यो, चाँदी पनि ३३५ रुपैयाँले सस्तो    ||     ‘रवीन्द्र गौतम स्मृति पत्रकारिता पुरस्कार’बाट भगवती तिमल्सिना सम्मानित    ||    

धान रोपाइँको मुखमै सुदूरपश्चिममा मल संकटको संकेत, २६ पालिकाले अझै उठाएनन् रासायनिक मल

  •   १ दिन अघि | २८ जेष्ठ २०८३, बिहिबार

काठमाडौं, जेठ २८ । धान रोपाइँको मुख्य याम सुरु भइसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका २६ स्थानीय तहले आफूलाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाउँदा किसानमा मल अभावको चिन्ता बढ्न थालेको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयले पटक–पटक ताकेता गर्दा पनि सम्बन्धित पालिकाहरूले मल उठाउन आवश्यक चासो नदिएको पाइएको छ। मन्त्रालयले अब पनि मल नउठाए कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका डिपोमार्फत किसानलाई प्रत्यक्ष बिक्री गरिने चेतावनी दिएको छ।

तथ्यांकअनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ, डोटी, अछाम, कैलाली र कञ्चनपुरका विभिन्न स्थानीय तहले तोकिएको परिमाणको मल अझै उठाएका छैनन्। कैलालीको गोदावरी नगरपालिकाले २१ हजार २३० किलो, गौरीगंगा नगरपालिकाले ६ हजार ६९० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो तथा धनगढी उपमहानगरपालिकाले २१ हजार ५०० किलो रासायनिक मल उठाउन बाँकी रहेको जनाइएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाले १ लाख ६ हजार ८०० किलो र बेदकोट नगरपालिकाले १ लाख ६ हजार ४०० किलो मल हालसम्म नलगेको तथ्यांकले देखाएको छ। अछामका साँफेबगर नगरपालिका, बन्नीगढी जयगढ गाउँपालिका र कमलबजार नगरपालिकाले समेत मल ढुवानी गर्न सकेका छैनन्।

स्थानीय तहबीच समन्वयको अभाव र वितरण प्रक्रियामा भएको ढिलाइका कारण किसानसम्म समयमै मल पुग्न नसकेको कृषि क्षेत्रका सरोकारवालाको भनाइ छ। वर्षे धान रोपाइँ नजिकिँदै गर्दा मल आपूर्तिमा देखिएको सुस्तताले उत्पादनमा प्रत्यक्ष असर पर्ने जोखिम बढेको छ।

हाल सुदूरपश्चिमका ४३ पालिकामध्ये १७ पालिकाले मात्र मल लगेका छन् भने २६ पालिका अझै प्रतीक्षामै छन्। यसले प्रदेशमा निकट भविष्यमै रासायनिक मल अभावको संकट गहिरिन सक्ने संकेत देखिएको छ। (रासस)

  • Jigyasanepal

थप