Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

बकर इददेखि गणतन्त्र दिवससम्म : आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा

  •   ४ महिना अघि | १४ जेष्ठ २०८३, बिहिबार

काठमाडौँ । बकर इद पर्वसँगै आजदेखि नेपालमा लगातार चार दिन सार्वजनिक बिदा परेको छ। धार्मिक तथा राष्ट्रिय पर्व एकैसाथ परेकाले सरकारी कार्यालय, विद्यालय, बैंक तथा धेरैजसो सार्वजनिक संस्था लगातार चार दिन बन्द रहने भएका छन्।

सरकारले इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर इद (इद-उल-अज्हा) का अवसरमा आज जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिएको हो। गृह मन्त्रालयले शुक्रबार नै प्रेस विज्ञप्ति जारी गर्दै बकर इदका दिन देशभर सार्वजनिक बिदा रहने निर्णय सार्वजनिक गरेको थियो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार जेठ १४ गते बकर इद परेको पुष्टि भएपछि सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ। मन्त्रालयले सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता थप मजबुत बनाओस् भन्ने कामना पनि गरेको छ।

बकर इदको भोलिपल्ट अर्थात् जेठ १५ गते गणतन्त्र दिवस परेको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि गणतन्त्र दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिइनेछ। नेपालमा राजतन्त्र अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा यो दिवस मनाइन्छ।

त्यसपछि जेठ १६ गते शनिबार र १७ गते आइतबार साप्ताहिक बिदा परेकाले यो साता लगातार चार दिन सरकारी कामकाज ठप्पजस्तै हुने भएको छ।

लगातारको बिदाका कारण धेरै मानिसहरू घुमघाम, पारिवारिक भेटघाट तथा धार्मिक गतिविधिमा व्यस्त हुने अनुमान गरिएको छ। यता लामो बिदालाई लक्षित गर्दै यातायात, होटल तथा पर्यटकीय क्षेत्रहरूमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप