Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

पाकिस्तानको ब्रड पिक दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

  •   १ महिना अघि | २६ साउन २०८३, मङ्लबार

काठमाडौं । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी निधन भएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ।

यही १४ साउनमा हिमपहिरोमा परेर ज्यान गुमाएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत आज दिउँसो ४ः४५ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ब्रड पिक आरोहणका क्रममा भएको हिमपहिरोमा परी निधन भएका अर्का नेपाली आरोही **पुरबहादुर गुरुङ ‘युक्त’**को शव भने यसअघि नै २१ साउनमा नेपाल ल्याइसकिएको छ।

दुर्घटनामा ज्यान गुमाएका आरोहीमध्ये अझै एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोहीको शव फिर्ता ल्याउन बाँकी रहेको जनाइएको छ।

ब्रड पिकमा भएको उक्त दुःखद दुर्घटनाले नेपाली पर्वतारोहण क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। मृतक आरोहीहरूको शव नेपाल ल्याउने प्रक्रिया सम्बन्धित निकायको समन्वयमा अघि बढाइएको छ।

  • Jigyasanepal

थप