Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

रौतहटमा लागु औषधसहित एक जना पक्राउ

  •   २ वर्ष अघि | १६ साउन २०८१, बुधबार

रौतहट । गौर नगरपालिका ४ स्थित बसपार्कबाट प्रहरीले लागु औषध सहित एक जनालाइ पक्राउ गरेको छ । अस्थाई प्रहरी पोस्ट बसपार्कको टोलीले मंगलवार राती पौने १० बजेको समयमा बसपार्कमा रहेको चिया पसल अगाडी शंकास्पद अवस्थामा हिडडुल गरिरहेको व्यक्तिलाइ चेकजाच गर्दा प्रतिबन्धित औषधि बारामद भएकोले नियन्त्रणमा लिइएको हो ।


लागुऔषधसहित पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ३ इमाडोल बस्ने २९ वर्षीय समिर भुसाल रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


भुसालले बोकेको झोला भित्र चेकजाँच गर्दा DIAZEPAM Injection I.P.-2Ml-९६ पिस,Norphin Injection I.P.-2Ml ९६ पिस, Promethazine Hydrochhoride Injection I.P.-2Ml (Phenergan) -९६, नेपाली नगद रु,१,७७० (सत्र हजार सत्तरी रुपैया), भारतीय नगद रु १० Redmi कम्पनीको मोबाईल थान-१ र सोही मोबाईलमा प्रयोग भएको ९७०२८६३६३८ नम्वरको सिमकार्ड थान-१ समेत फेला परेको प्रहरी नायव उपरिक्षक एलिजा गिरीले जानकारी दिइन् ।


प्रतिबन्धित लागू औषध २८८ एम्पुल सहित दशीका सामानहरु रितपुर्वक बरामद गरी निज समिर भुसाललाई पक्राउ गरी लागू औषध मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत, रौतहटबाट म्याद अनुमति भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।


  • jigyasa media

थप