काठमाडौं ।
रासस,
अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा मृत्यु हुनेको संख्या ९९ पुगेको छ। समाचार तयार पार्दासम्म ७२ जना बेपत्ता र १०० जना घाइते भएका छन्।
गृह मन्त्रालयका सहसचिव र प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ। काठमाडौंमा २५, भक्तपुरमा ५, र ललितपुरमा १८ जनाको मृत्यु भएको जानकारी दिएका छन्।
शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले बताए। उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३, र काभ्रेपलाञ्चोकका २ जना रहेका छन्।
- reporter