Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

काठमाडौं उपत्यकामा आज पनि वर्षाको सम्भावना, दिउँसोपछि पानी पर्ने अनुमान

  •   २ महिना अघि | २२ असार २०८३, सोमवार

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार पनि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मनसुनी प्रणाली सक्रिय रहेकाले दिउँसोपछि उपत्यकामा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार सोमबार बिहान काठमाडौं उपत्यकाको आकाश सामान्यदेखि पूर्ण बदली रहेको छ। दिउँसोपछि वर्षा हुने सम्भावना रहेको उनले बताएका छन्।

उनका अनुसार मौसम विज्ञानमा १२ बजेदेखिको समयलाई दिउँसो मानिने भएकाले सोही समय आसपासबाट वर्षा सुरु हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूले वर्षासँगै केही स्थानमा मेघगर्जन र चट्याङको सम्भावना पनि रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षा सुरु नहुँदासम्म भने उपत्यकामा उमस कायमै रहने जनाइएको छ।

मनसुन सक्रिय रहेकाले आगामी केही दिन पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षाको क्रम जारी रहने मौसमविद्को अनुमान छ।

  • Jigyasanepal

थप