Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

सुर्खेत, दैलेख र अछाममा बाढीको जोखिम, बाढी पूर्वानुमान महाशाखाद्वारा ‘अलर्ट’ जारी

  •   २ महिना अघि | २१ असार २०८३, आइतवार

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछाम जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै बाढीसम्बन्धी ‘अलर्ट’ जारी गरेको छ।

महाशाखाले आइतबार बिहान ५:३० बजे जारी गरेको सूचनाअनुसार पछिल्लो तीन घण्टामा ती जिल्लाका वर्षा मापन केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा रेकर्ड भएको छ। आगामी केही घण्टासम्म पनि वर्षा जारी रहने सम्भावना रहेकाले ससाना नदी तथा खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेको जनाइएको छ।

महाशाखाले विशेषगरी नदी–खोला आसपास बसोबास गर्ने स्थानीय, यात्रु तथा सडक प्रयोगकर्तालाई आवश्यक सावधानी अपनाउन, अनावश्यक रूपमा खोलानाला तर्न वा जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ।

केही दिनयता देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले वर्षाको क्रम बढ्दो छ। मौसमविद्हरूले लगातारको वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भएकाले स्थानीय प्रशासनको सूचना पालना गर्न तथा सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेका छन्।

  • Jigyasanepal

थप