Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

  •   ४ महिना अघि | ६ जेष्ठ २०८३, बुधबार

काठमाडौँ । नेपाल स्रष्टा समाजको अर्धवार्षिक साहित्यिक पत्रिका स्रष्टा दर्पण अङ्क – ३३ लोकार्पित भएको छ ।

राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा प्रा.डा.गोविन्दराज भट्टराई,प्रा.डा.लक्ष्मणप्रसाद गौतम,पवन आलोक,श्रीओम श्रेष्ठ रोदन,राधेश्याम लेकाली,प्रकाश घायल,शंकर भारती लगायतले उक्त पत्रिका लोकार्पित गरे ।

कृति लोकार्पण गर्दै प्रा.डा.भट्टराईले भने, ‘संस्कृति सभ्यतासङ्गै बदलिँदोरहेछ ।हिजो जे थियो,आज जे छ त्यो संस्कृति नै हो । तर संस्कृतिमा आफ्नोपन हुनुपर्छ । संस्कृतिको जगेर्ना गर्ने यो प्रयास स्तुत्य छ ।’


उनले संस्कृतिलाई मान्छेले ठूलो शक्ति,भक्ति र तिर्खाको रुपमा लिनुपर्ने बताए ।अर्का बक्ता प्रा.डा.गौतमले भने, ‘ स्रष्टा दर्पणमा संस्कृतिको बारेमा अहिलेसम्म नआएका विषयवस्तु पनि आएका रहेछन् ।’ अङ्क पठनीय र संग्रहणीय भएको आफुले पाएको बताए । नेपाल स्रष्टा समाजको भूमिकाको प्रशंसा गर्दै उनले भने, ‘साहित्यको प्रबद्र्धन गर्न साहित्यिक कार्यक्रम जरुरी छ । यो सत्कर्म नेपाल स्रष्टा समाजले गर्दै आएको छ।’   समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टा दर्पण समाजको ऐनाको रुपमा आएको बताए । उनले भने, ‘जसले यो पत्रिका हेर्छ उसले पनि संस्थाको अडिट गर्न सक्छ ।’  उनले गत वर्ष ३४ वटा विभिन्न साहित्यिक गतिविधिहरु समाजले गरेको जानकारी दिए । उनले पत्रिकाको यो अङ्कमा लुकेका संस्कृतिहरुलाई समेत खोज गरी तयार पारिएका लेखहरु समेत समावेश गरिएको बताए ।

कार्यक्रममा समाजका संरक्षक पवन आलोक,साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,समाजका महासचिव प्रकाश घायल लगायतले समाजका गतिविधिहरुबारे आफ्नो मन्तव्य राखे ।

समाजको बागमती प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संयोजक शंकर भारतीले गरे । तथा कार्यक्रमको सञ्चालन सदस्य एलिसा ढुंगाना र स्वागत मन्तव्य सदस्य सुशील रिजालले राखे ।

साहित्य र संस्कृति विशेष अङ्कको रुपमा आएको यो पत्रिकाभित्र साहित्य र संस्कृतिसङ्ग सम्बन्धित खोजमूलक लेख,अन्तरवार्ता, निबन्ध,कविता आदि ३१ थान रचनाहरु समावेश गरिएका छन् ।

आयोजकले जानकारी दिए अनुसार साहित्य र संस्कृतिका अध्येता,अनुसन्धानकर्ता र पाठक सबैको लागि उपयोगी हुने महत्वपूर्ण अङ्कको रुपमा आएको छ ।

  • Jigyasanepal

थप