Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

वाग्मतीसहित विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना

  •   ५ महिना अघि | १४ बैशाख २०८३, सोमवार

काठमाडौं । देशभर अहिले मौसममा आंशिक परिवर्तन देखिएको छ। पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभागनजिक बनेको न्यूनचापीय क्षेत्रका कारण विभिन्न प्रदेशमा बदली र वर्षाको सम्भावना देखिएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि मध्यम बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली छ।

आज (सोमबार) दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ। त्यस्तै मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा वा हिमपात हुनसक्ने जनाइएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आज पनि तातो दिनको सम्भावना कायम रहने विभागले जनाएको छ।

रातिको मौसम अवस्था

राति देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोसी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

मौसमविद्हरूले चट्याङ तथा मेघगर्जनको सम्भावना भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका छन्।

  • Jigyasanepal

थप