Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

मनसुन अझै नेपालनजिक सक्रिय, आज राति कोसी, बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना

  •   २ महिना अघि | ३० असार २०८३, मङ्लबार

काठमाडौं। देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज राति पनि विभिन्न प्रदेशमा वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा अझै नेपालको तराई क्षेत्रनजिक रहेकाले वर्षा गराउने प्रणाली बलियो बनेको महाशाखाको विश्लेषण छ।

मंगलबार राति करिब ८:१५ बजेसम्मको विवरणअनुसार मधेस र सुदूरपश्चिम प्रदेशबाहेक अन्य प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा गुल्मीको रुद्रवेणीमा १९.४ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन सो अवधिको सबैभन्दा बढी हो।

महाशाखाका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा कोसी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, मधेस, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

हिमाली क्षेत्रका केही स्थानमा भने वर्षासँगै हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।

मौसमविद्हरूले निरन्तर वर्षाका कारण नदी–खोलामा बहाव बढ्ने, बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी पहिरो सम्भावित क्षेत्र, नदी किनार र होचा भूभागमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनाको नियमित रूपमा पालना गर्न अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप