Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

देशभर मनसुनी वायुको प्रभाव, सुदूरपश्चिममा धेरै भारी वर्षाको चेतावनी

  •   १ महिना अघि | ३१ साउन २०८३, आइतवार

काठमाडौँ, ३१ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने देखिएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपालनजिक रहेको छ। अहिले देशभर सामान्यतया बादल लागेको छ। बागमती र गण्डकीका धेरै स्थान, लुम्बिनी र कर्णालीका केही स्थान तथा कोसीका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकीका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो यस्तो रहनेछ मौसम

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोसी र बागमतीका हिमाली–पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। मधेस र कोसीका तराई क्षेत्रमा समेत वर्षा हुनसक्नेछ।

यस क्रममा गण्डकी र कर्णालीका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति अझै बढ्न सक्छ वर्षा

राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका धेरै स्थान तथा कोसी र बागमतीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान, बागमती र गण्डकीका तराईका केही स्थान तथा मधेस र कोसीका तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। अझ सुदूरपश्चिमका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।

बाढी–पहिरोको जोखिम, सतर्क रहन आग्रह

महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्छ।

वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

वर्षाको मात्रा कति भए भारी र धेरै भारी?

भारी वर्षा: २४ घण्टामा ५०–१०० मिलिमिटर

धेरै भारी वर्षा: २४ घण्टामा १००–२०० मिलिमिटर

अति भारी वर्षा: २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी

विशेषगरी सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना रहेकाले स्थानीय बासिन्दालाई मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ।

  • Jigyasanepal

थप