Breaking News
विश्व वातावरण दिवस आज : जलवायु र प्रकृतिमैत्री विकासको सन्देशसहित देशभर विविध कार्यक्रम    ||     सडक दुर्घटना : ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु    ||     पहाडमा वर्षा, तराईमा गर्मी बढ्दै; मेघगर्जन र चट्याङको जोखिम कायम    ||     डेढ महिनादेखि बेपत्ता सशस्त्र प्रहरी र युवतीको पाँचखालको जंगलमा झुण्डिएको अवस्थामा कंकाल भेटियो !    ||     पहाडमा वर्षा र हिमपातको सम्भावना, तराई–मधेशमा गर्मी कायमै    ||     प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिले संसद् अवरुद्ध, प्रतिनिधिसभा बैठक जेठ २५ सम्म स्थगित    ||     वर्षा रोकिँदै, तराई–मधेश फेरि तात्ने संकेत : आगामी एक साता गर्मी बढ्ने पूर्वानुमान    ||     भीषण सडक दुर्घटना : टिपरको ठक्करबाट बाबुछोराको मृत्यु, आमा गम्भीर घाइते    ||     विराटको अविजित ७५ रनमा ब्यांग्लोर च्याम्पियन, लगातार दोस्रोपटक आईपीएल उपाधि कब्जा    ||     मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : चालु आवमै ९ विदेशीसहित १३ पर्यटकको मृत्यु    ||    

विश्व वातावरण दिवस आज : जलवायु र प्रकृतिमैत्री विकासको सन्देशसहित देशभर विविध कार्यक्रम

  •   १९ घण्टा अघि | २२ जेष्ठ २०८३, शुक्रबार

काठमाडौं, जेठ २२ । ‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने मूल नारासहित आज विश्व वातावरण दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। वातावरण संरक्षण, जलवायु परिवर्तनका चुनौती र प्रकृतिमैत्री विकासको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरिएको छ।

दिवसको अवसरमा वातावरण विभागले ललितपुरमा विशेष समारोह आयोजना गरेको छ। कार्यक्रममा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ। सरकारी निकाय, विकास साझेदार संस्था, वातावरणविद् तथा विभिन्न सरोकारवालाको समेत सहभागिता रहने जनाइएको छ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वातावरण संरक्षण, जलवायु परिवर्तनको असर न्यूनीकरण तथा दिगो विकासका विषयमा नागरिकस्तरमा चेतना अभिवृद्धि गर्न दिवसलाई विशेष महत्वका साथ मनाइँदैछ। देशभर वृक्षारोपण, सरसफाइ, सचेतनामूलक र वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

किन मनाइन्छ विश्व वातावरण दिवस?

संयुक्त राष्ट्रसंघले सन् १९७२ मा स्विडेनको स्टकहोममा सम्पन्न पहिलो विश्व वातावरण सम्मेलनको स्मरणमा जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसअनुसार सन् १९७३ जुन ५ देखि औपचारिक रूपमा विश्व वातावरण दिवस मनाउन थालिएको हो।

नेपालमा भने यो दिवस १९८० र १९९० को दशकदेखि संस्थागत रूपमा मनाउन सुरु गरिएको मानिन्छ। प्रारम्भमा सरकारी निकाय र केही गैरसरकारी संस्थामा सीमित रहेको दिवस अहिले विद्यालय, स्थानीय तह, युवा क्लब तथा समुदायस्तरसम्म विस्तार भएको छ।

वातावरण दिवसको उद्देश्य

विश्व वातावरण दिवसको मुख्य उद्देश्य मानव र प्रकृतिबीचको सम्बन्धलाई थप मजबुत बनाउनु तथा वातावरण संरक्षणप्रति विश्वव्यापी चेतना अभिवृद्धि गर्नु हो।

वन विनाश, बढ्दो प्रदूषण, प्लास्टिकजन्य फोहोर र अनियन्त्रित प्राकृतिक स्रोतको दोहनका कारण पृथ्वीको तापक्रम बढ्दै गएको छ। यसले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र प्राकृतिक विपत्तिको जोखिम बढाएको छ। यस्ता चुनौतीको सामना गर्दै भावी पुस्ताका लागि पृथ्वीलाई सुरक्षित र बस्न योग्य बनाउने सन्देश प्रवाह गर्न विश्व वातावरण दिवस मनाइँदै आएको छ।

विज्ञहरूका अनुसार वातावरण संरक्षण केवल सरकार वा संस्थाको जिम्मेवारी मात्र नभई हरेक नागरिकको साझा दायित्व हो। प्रकृतिसँग मैत्रीपूर्ण व्यवहार र दिगो विकासको अभ्यासमार्फत मात्र समृद्ध र सुरक्षित भविष्य निर्माण सम्भव हुने उनीहरूको भनाइ छ।

  • Jigyasanepal

थप