Breaking News
हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज ३५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीमा पनि बहाव बढ्ने    ||     छ प्रदेशका केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

सिरहामा दुःखद घटना : खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  •   २ महिना अघि | २८ असार २०८३, आइतवार

सिरहा। सिरहाको गोलबजार नगरपालिका–७ मा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ। आइतबार दिउँसो भएको यस घटनाले स्थानीय क्षेत्र शोकमग्न बनेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पुरानो चोक चोहर्वास्थित पशु हाटबजार परिसरमा पशुचौपायालाई पानी खुवाउन खनिएको खाल्डोमा जमेको पानीमा डुबेर १२ वर्षीया सबनम खातुन, १० वर्षीया रुबिना खातुन र ७ वर्षीय साइफुल शेखको मृत्यु भएको हो।

प्रहरीका अनुसार मृतक तीनै जना रौतहटको जिगरवा स्थायी घर भई हाल गोलबजार–७ मा डेरा गरी बस्दै आएका थिए। उनीहरूका परिवार कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका छन्।

आइतबार दिउँसो घरबाट खेल्न निस्किएका तीनै बालबालिका लामो समयसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनीहरू खाल्डोमा डुबेको अवस्थामा फेला परेका थिए।

स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

यो घटनाले सार्वजनिक स्थलमा रहेका खुला तथा असुरक्षित खाल्डाहरू समयमै व्यवस्थापन गर्नुपर्ने आवश्यकता फेरि एकपटक उजागर गरेको छ। बालबालिकाको सुरक्षाका लागि यस्ता जोखिमयुक्त स्थानमा आवश्यक सुरक्षा मापदण्ड अपनाउन स्थानीयवासीले सम्बन्धित निकायसँग माग गरेका छन्।

  • Jigyasanepal

थप