Breaking News
आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||    

आगामी दुई दिन वाग्मती, मधेस र लुम्बिनीका दक्षिणी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

  •   ३ महिना अघि | २८ जेष्ठ २०८३, बिहिबार

काठमाडौं, जेठ २८ ।उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि बढ्ने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन विशेषगरी वाग्मती, मधेस र लुम्बिनी प्रदेशका दक्षिणी भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। यस्तै मधेस, कोसी, वाग्मती र गण्डकीका तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा पनि देशभर बदली कायम रहने विभागको पूर्वानुमान छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कोसी, मधेस, वाग्मती, गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्ने जनाइएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसमविद् विनोद पोखरेल का अनुसार पछिल्लो १० घण्टादेखि सक्रिय बादल प्रणालीका कारण लुम्बिनी, वाग्मती र मधेस प्रदेशका दक्षिणी जिल्लाहरूमा आगामी दुई दिन भारी वर्षा हुने वातावरण बनेको छ। यसले नदी–नाला आसपासका क्षेत्र, डुबान हुने स्थान तथा पहिरोको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउनुपर्ने देखिएको छ।

केही दिनयता तातो दिन र गर्मीको चेतावनी दिँदै आएको मौसम विभागले भने आज तातो हावाको लहर (हीटवेभ) सम्बन्धी कुनै चेतावनी जारी गरेको छैन। वर्षा सक्रिय भएसँगै देशका धेरै स्थानमा तापक्रम केही घट्ने अपेक्षा गरिएको छ।

मौसमविद्हरूले विशेषगरी भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा यात्रा गर्दा, नदी तर्न खोज्दा तथा पहिरो सम्भावित सडकमा आवतजावत गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

  • Jigyasanepal

थप