Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, १० हजारभन्दा बढीको मृत्यु हुन सक्ने आशंका

  •   ३ महिना अघि | ११ असार २०८३, बिहिबार

काठमाडौं, असार ११ — दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार राति दुई शक्तिशाली भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले सार्वजनिक गरेको प्रारम्भिक विश्लेषणअनुसार भूकम्पका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु हुने सम्भावना ४४ प्रतिशत रहेको छ भने १ लाखभन्दा बढीको ज्यान जान सक्ने सम्भावना ३० प्रतिशत रहेको जनाएको छ।

स्थानीय समयअनुसार बुधबार राति तथा नेपाली समयअनुसार बिहीबार बिहान केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको जनाइएको छ। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी कराकसबाट करिब २९० किलोमिटर पश्चिम क्षेत्रमा रहेको बताइएको छ।

भूकम्पको धक्काले राजधानी कराकससहित विभिन्न सहरका दर्जनौँ भवनहरू भत्किएका छन्। स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कराकस अन्तर्राष्ट्रिय विमानस्थलको छानाको एक भाग समेत क्षतिग्रस्त भएको छ भने धेरै स्थानमा सञ्चार र विद्युत सेवा प्रभावित भएका छन्।

विपत्तिको गम्भीरता बढ्दै गएपछि भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशभर राष्ट्रिय आपत्काल घोषणा गरेका छन्। उद्धार टोली, सेना र आपत्कालीन सेवाका कर्मचारीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएका छन्।

यद्यपि भेनेजुएला सरकारले अहिलेसम्म मृत्यु तथा घाइतेको आधिकारिक विवरण सार्वजनिक गरिसकेको छैन। भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने अनुमान गरिएकाले क्षतिको वास्तविक विवरण आउन समय लाग्ने बताइएको छ।

भूकम्पविद्हरूका अनुसार यो भूकम्प पछिल्लो १२६ वर्षयताकै सबैभन्दा शक्तिशाली प्राकृतिक विपत्ति हुन सक्छ। यसअघि सन् १९०० मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसलाई हालसम्मको सबैभन्दा ठूलो भूकम्प मानिँदै आएको थियो।

उद्धार तथा खोजी कार्य तीव्र पारिएको छ भने अन्तर्राष्ट्रिय समुदायले पनि घटनालाई नजिकबाट नियालिरहेको छ। क्षतिको यथार्थ विवरण आउँदै जाँदा मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

  • Jigyasanepal

थप