Breaking News
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||     देशभर बदली, धेरै ठाउँमा वर्षाको सम्भावना; केही क्षेत्रमा भारी वर्षाको जोखिम    ||     आज कहाँ-कहाँ पर्न सक्छ भारी वर्षा ?    ||     आज विश्व प्राथमिक उपचार दिवस : ‘झटपटमा प्राथमिक उपचार’मा जोड    ||     प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १३ अर्बभन्दा बढी मौज्दात    ||     कुशेऔँशी आज : कुश भित्र्याउँदै पितृ र बाबुको सम्मान    ||     केही प्रदेशमा भारी वर्षाको सम्भावना    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना    ||    

जिप दुर्घटना : ५०० मिटर तल खस्दा दुई जनाको मृत्यु, तीन घाइते

  •   २ महिना अघि | २ साउन २०८३, शनिबार

डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका–७, खसरेखान क्षेत्रमा शनिबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुपप्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जिप अनियन्त्रित भई करिब ५०० मिटर तल खसेपछि दुर्घटना भएको हो।

दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ निवासी २५ वर्षीय शुभम लोथ्याल र २० वर्षीय हुम लोथ्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा सवार अन्य तीन जना घाइते भएका छन्। घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको छ।

  • Jigyasanepal

थप