Breaking News
रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||    

काभ्रेमा बाढी र पहिरो: १ परिवारका ८ सहित डेढ दर्जनको मृत्यु, १९ जना बेपत्ता

उद्दार र राहतमा उदास स्थानीय सरकार र राजनीतिक दल

  •   २ वर्ष अघि | १२ असोज २०८१, शनिबार

काभ्रे।

अबिरल वर्षातसँगै काभ्रेमा शनिबार दिउँसोसम्म डेढ दर्जन मानिसको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार, विभिन्न स्थानमा बाढी र पहिरोमा परेर यी व्यक्तिहरूको मृत्यु भएको हो। १९ जना अझै बेपत्ता छन्, र १६ जनालाई उद्धार गरिएको छ। घाइते १६ जनालाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नम्बर २ ढडेनपाखामा सानु तामाङको परिवारका ८ जनाको मृत्यु भएको छ। घरमा बसिरहेको समयमा आएको पहिरोले घर बगाउँदा परिवारका सबै सदस्यको मृत्यु भएको बताइएको छ। यद्यपि, उनीहरूको शव अहिलेसम्म भेट्न सकिएको छैन। एक जना घाइतेको उपचार भइरहेको छ, र सानु तामाङका छोरा र बुहारी रोजगारीको लागि कुवेतमा छन्। तेमालमा मात्र अन्य स्थानमा गरि १२ जनाको मृत्यु भएको बताइन्छ।


बिपि राजमार्ग र अरनिको राजमार्ग पूर्ण रूपमा बन्द गरिएको छ, जसका कारण हजारौं यात्रु अलपत्र परेका छन्। बिपि राजमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ। रोशी गाउँपालिकाका उपाध्यक्ष मिम बहादुर वाईबाले नेपाली सेनाको हेलिकोप्टरमार्फत अलपत्र यात्रुहरूलाई चाउचाउ र अन्य खाद्यन्न उपलब्ध गराइएको जानकारी दिएका छन्। मौसम प्रतिकूल भए पनि शनिबार बेलुका उद्धार कार्य सुरु भएको छ।


स्थानीय बाढीका कारण बनेपा, धुलिखेल र पनौतीका विभिन्न क्षेत्रहरूमा पनि समस्या आएको छ, जहाँ बाढीले क्षति पुर्याएको छ। पक्की घर र झोलुङ्गे पुलसमेत बगेको छ, जसले जनजीवनमा थप समस्या सिर्जना गरेको छ।


  • reporter

थप