Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

एआईको दुरुपयोग गरी भीआईपीको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

काठमाडौँ । आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोग गरेर विशिष्ट व्यक्ति (भीआईपी) हरूको चरित्र हत्या गरेको आरोपमा बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ का रमेश बहादुर रावतलाई प्रहरीले पक्राउ गरेको छ। 

२२ वर्षीय रावतले एआईलगायतका प्रविधिहरूको दुरुपयोग गर्दै कपोकल्पित र भ्रामक श्रव्यदृश्य सामग्री तयार गरी प्रशारण गरेको आरोप लगाइएको छ। प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार रावतले अतिरञ्जित तरिकाले भीआइपीहरूको चरित्रमा आघात पुर्‍याउने कार्य गर्दै आएका थिए।

रावतलाई शुक्रबार सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हो। उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरिएको छ र थप अनुसन्धान भइरहेको छ। 

साइबर ब्युरोले एआईको दुरुपयोग गरी राजनीतिक नेतृत्वलगायतको चरित्र हत्या गर्ने घटनाहरू बढेको भन्दै यसप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। साथै, ब्युरोले यस प्रकारका गतिविधिहरू नगर्न/नगराउन अनुरोध गरेको छ।

  • Jigyasa media

थप