Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

काठमाडौँमा चिसो थपियो : अघिल्लो दिनभन्दा फेरि घट्यो न्यूनतम तापक्रम

  •   ९ महिना अघि | १५ पुस २०८२, मङ्लबार

काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो क्रमशः बढ्दै गएको छ। आज (मंगलबार) गरिएको सुरुवाती मापनअनुसार अघिल्लो दिनको तुलनामा उपत्यकाको न्यूनतम तापक्रम फेरि तल झरेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार बिहान ५:४५ बजे गरिएको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन गरिएको छ। हिजो (सोमबार) यही समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको थियो। यसले एकै दिनमा तापक्रममा थप गिरावट आएको देखाउँछ।

यद्यपि सोमबार बिहान दोस्रोपटक गरिएको मापनमा (८:४५ बजे) काठमाडौँको न्यूनतम तापक्रम घटेर ५.२ डिग्री सेल्सियस नै कायम भएको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि बिहान ८:४५ बजे पुनः मापन गरिने मौसमविद्हरूले जनाएका छन्। प्रारम्भिक अवस्थालाई हेर्दा, उक्त समयमा तापक्रम अझै घट्ने सम्भावना रहेको अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार आकाश खुला रहेमा राति र बिहान चिसो बढ्ने तथा न्यूनतम तापक्रम घट्ने गर्दछ। न्यूनतम तापक्रम घट्नुको प्रत्यक्ष असर बिहानको जनजीवनमा चिसोको अनुभूति बढ्नु हो।

मौसम पूर्वानुमान महाशाखाले काठमाडौँसहित देशका विभिन्न स्थानमा दैनिक रूपमा न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ। महाशाखाका अनुसार न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रमलाई न्यूनतम र दिनभरिमा सबैभन्दा माथि पुगेको तापक्रमलाई अधिकतम तापक्रम मानिने मौसम विज्ञानको मापदण्ड रहेको महाशाखाले स्पष्ट पारेको छ।

चिसो क्रम बढ्दै गएकाले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई आवश्यक सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।

  • Jigyasanepal

थप