Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा तोडफोड, १८ केजी सुन र ५ करोडभन्दा बढी नगद लुटपाट

  •   १ वर्ष अघि | १ असोज २०८२, बुधबार

काठमाडौं, असोज १ – भदौ २४ गते ‘जेनजी’ आन्दोलनको उग्र प्रदर्शनका क्रममा राजधानीको नयाँ बानेश्वरस्थित संसद भवन पछाडिको राष्ट्रिय वाणिज्य बैंक शाखामा ठुलो लुटपाट भएको खुलेको छ।

प्रदर्शनकारीको भीडले बैंकमा तोडफोड गर्दै १८ किलोभन्दा बढी सुन र ५ करोड रुपैयाँभन्दा बढी नगद लुटपाट गरेको बैंकले जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालका अनुसार, बैंकमा भएको क्षतिको विवरण सीसीटीभी फुटेजमार्फत पुष्टि भइसकेको छ। “हामीले प्रहरीमा सम्पूर्ण प्रमाणसहित उजुरी दर्ता गरिसकेका छौं,” खनालले बताए।

जेनजी आन्दोलनकै क्रममा राजधानीका विभिन्न क्षेत्रका सरकारी तथा निजी सम्पत्ति तोडफोड र आगजनीमा परेका थिए। तर, राष्ट्रिय वाणिज्य बैंक शाखामा भएको यो लुटपाट हालसम्मकै सबैभन्दा ठूलो क्षतिको रूपमा देखिएको बताइएको छ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।

  • Jigyasanepal

थप