Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

जेनजी आन्दोलनको हिंसात्मक घटनामा संलग्न काभ्रेका मैनाली सहित १३ जना जेल चलान, पक्राउ संख्या ५७९ पुग्यो

  •   १० महिना अघि | ८ मंसिर २०८२, सोमवार

काठमाडौँ – भदौ २४ गतेको जेनजी प्रदर्शनका नाममा देशभर भड्किएको हिंसा, आगजनी र प्रहरी हत्या प्रकरणका जिम्मेवारहरूमाथि प्रहरी कारबाही तीव्र बनेको छ। राजधानीदेखि ग्रामीण भू–भागसम्म फैलिएको अनुसन्धानले अहिले समग्र घटनाको रूपचित्र झनै स्पष्ट हुँदै गएको छ।

यसैबीच, प्रहरी हत्यामा संलग्न १३ जना पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। त्यस्तै, देशभर ५७९ जना पक्राउ, जसको मध्ये २७७ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

प्रदर्शनका नाममा आतंक : तीन प्रहरीको हत्या, कार्यालयमा आगजनी

भदौ २४ गतेको भीड व्यवस्थापनका क्रममा प्रदर्शनकारीहरूले निर्ममतापूर्वक असई मिलन राय, जवान उत्तम थापा (महाराजगञ्ज वृत्त) र हवल्दार अमृत गुरुङ (कोटेश्वर वृत्त) को हत्या गरेका थिए।

तीन प्रहरी हत्या प्रकरणमा संलग्न १३ जना जेल पठाइएका नामहरू :

होमप्रसाद पौडेल

टीकाराम बिक

बुद्धिलाल तामाङ

युवराज क्यापछाकी

अनुपम भण्डारी

सोम गुरुङ

राजिव गुरुङ

युनिक श्रेष्ठ

दीपक मगर

सुमित तितुङ

अलिश श्रेष्ठ

सौरभ तामाङ

…लगायत सबैलाई कर्तव्य ज्यान र आपराधिक गतिविधिमा संलग्नता देखिएकाले पुर्पक्षका लागि चलान गरिएको प्रहरीले जनाएको छ।

कोटेश्वर प्रहरी कार्यालयमा आगजनी, १ करोड ३५ लाख क्षति

कोटेश्वर प्रहरी प्रभागमा आगजनी गरी सरकारी भवन र सवारी साधन जलाएको अभियोगमा काभ्रे पाँचखालका २२ वर्षीय महेन्द्र मैनाली विरुद्ध पनि मुद्दा दर्ता भएको छ।

उनलाई कार्यालय आगजनी सवारी साधन जलाएको

२ लाख ६१ हजार ९ सय रुपैयाँ क्षतिपूर्ति दाबी लगायतका मुद्दामा तानिएको हो।

भिडियो प्रमाणको आधारमा पहिचान गरी कात्तिक ११ गते पक्राउ गरिएका मैनाली विदेश जाने तयारीमा थिए।

हतियार लुट्नेदेखि अदालत जलाउनेसम्म – प्रहरीले बढायो निगरानी

प्रहरी अनुसार, प्रहरीका हतियार लुट्ने,अदालत र सरकारी कार्यालयमा आगजनी गर्ने, सडक अबरुद्ध गर्ने,व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति नष्ट गर्ने

सबै समूहलाई छुट्टाछुट्टै अनुसन्धान गरेर मुद्दा चलाइँदैछ।

विशेषगरी, सर्वोच्च अदालतमा आगजनी गर्ने समूह फलो–अप कारबाहीमा परेका छन्, जसका सदस्यहरूको पहिचान अहिले पनि फोटो–भिडियो विश्लेषणबाट हुँदैछ।

प्रदेश–प्रदेशका समग्र तथ्यांक : कति कहाँ पक्राउ?

भदौ २४ को घटनामा संलग्न ठहरिएका ५७९ जना मध्ये प्रदेशवार विवरण यस्तो छ—

काठमाडौँ : २२२ जना

ललितपुर : २७ जना

भक्तपुर : २३ जना

कोशी प्रदेश : ५१ जना

मधेश प्रदेश : १४ जना

गण्डकी : ८८ जना

लुम्बिनी : ७७ जना

सुदूरपश्चिम : १४ जना

कर्णाली : ४ जना

बागमतीका अन्य जिल्ला : ५९ जना

२७७ जनामाथि मुद्दा दर्ता भइसकेको छ भने बाँकीमाथि निरन्तर अनुसन्धान जारी छ।

सरकार र जेनजी समूहबीच तनाब : ११ बुँदे पत्रपछि कारबाही झनै तीव्र

जेनजी समूहले ज्यान मुद्दा र बलात्कारबाहेक अन्य अभियोगमा पक्राउ परेकालाई थुनामुक्त गर्नुपर्ने,

बाँकी मुद्दा छानबिन आयोगलाई जिम्मा दिनुपर्ने

मागसहित ११ बुँदे प्रस्ताव प्रधानमन्त्री सुशीलाकुमारी कार्कीलाई बुझाएको छ।

तर, गृह मन्त्रालयको असोज ९ को विज्ञप्ति हुँदाहुँदै पनि प्रहरी अहिले आगजनी, लुटपाट र सरकारी सम्पत्ति नष्ट गर्नेहरूलाई धमाधम पक्राउ गरिरहेको छ।

कारबाही अब कहाँ पुग्छ?

गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले

प्रहरी अधिकारीहरूको बयान लिने,घटनास्थल विश्लेषण गर्ने काम अघि बढाइरहेको छ।


  • Jigyasanepal

थप