Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

बाढी–पहिरोको प्रहार : देशभरका १६ प्रमुख राजमार्ग पूर्णरूपमा ठप्प

  •   १ वर्ष अघि | १५ भदौ २०८२, आइतवार

काठमाडौं, भदौ १५ ।

निरन्तर वर्षासँगै देशभर बाढी र पहिरोको प्रकोप बढ्दै गएको छ। आज आइतबारसम्म आइपुग्दा देशका १६ वटा प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् भने कतिपय सडकमा आंशिक रुपमा मात्र यातायात सञ्चालन भइरहेको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू बाटैमा अलपत्र परेका छन्।

🚫 पूर्णरूपमा अवरुद्ध भएका सडक

काठमाडौँ : धार्के सडक

संखुवासभा : भोटखोलास्थित कोसी राजमार्ग

रसुवा : नेपाल–चीन जोड्ने पुल, पासाङल्हामु राजमार्ग

सिन्धुपाल्चोक : अरनिको राजमार्ग

नुवाकोट : पासाङल्हामु सडक

म्याग्दी : बेनी–दरवाङ सडक

लमजुङ : बेंसीसहर–मनाङ सडक

रोल्पा : घोराही–थवाङ सहिद मार्ग

रुकुम पश्चिम : जाजरकोट–डोल्पा–भेरी करिडोर

कालीकोट : कर्णाली राजमार्ग

जाजरकोट : जाजरकोट सडकखण्ड, मध्यपहाडी राजमार्ग, जाजरकोट–खलंगा–रिम्ना सडक

रुकुम पश्चिम : जाजरकोट–डोल्पा–भेरी करिडोर सडक

यी सबै खण्डमा सवारी साधन पूर्णरूपमा बन्द छन्।

⚠️ आंशिक रुपमा सञ्चालन भएका सडक

तेह्रथुम : मध्यपहाडी लोकमार्ग

रसुवा : उत्तरगया–पासाङल्हामु राजमार्ग

तनहुँ : पृथ्वी राजमार्ग

बागलुङ : कालीगण्डकी करिडोर

नवलपरासी पूर्व : कालीगण्डकी करिडोर


यी खण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

🛠 उद्धार र मर्मत

प्रहरीका अनुसार, प्रभावित राजमार्गमा पहिरो पन्छाउने काम तीव्र गतिमा जारी छ। तर निरन्तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको छ।

यात्रुहरूलाई अत्यावश्यक यात्राबाहेक सडक प्रयोग नगर्न र सुरक्षित रहन अनुरोध गरिएको छ।

 बाढी–पहिरोका कारण मुलुककै यातायात प्रणाली अस्तव्यस्त बनेको छ। छोटो दूरीको यात्रा पनि घण्टौँ लाग्ने अवस्था देखिँदा सर्वसाधारण थप सास्तीमा परेका छन्।

  • Jigyasanepal

थप