काठमाडौं। ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि मंगलबार काठमाडौं आउँदै छन्।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा उनी भदौ १० र ११ गते नेपाल भ्रमणमा आउन लागेका हुन्। सो भ्रमणका क्रममा नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा दुई देशका विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ।
यसबाहेक, ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यक्रम छ। भ्रमण सम्पन्न गरी उनी भदौ ११ गते काठमाडौंबाट स्वदेश फर्किनेछन्।
- Jigyasa media