Breaking News
दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||    

तीन दिनदेखि सुनको भाउ स्थिर, चाँदीमा सामान्य वृद्धि

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

काठमाडौं – सुनको भाउ तीन दिनदेखि स्थिर रहेको छ। सोमबार प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने केही वृद्धि भएको छ। मंगलबार प्रतितोला १ हजार ७५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले बढेर १ हजार ७७५ रुपैयाँमा कारोबार भइरहेको छ।

नेपालमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारको आधारमा गरिन्छ। बुधबारको अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ४९५.४ डलरमा र चाँदी २८.०४ डलरमा कारोबार भइरहेको छ।


  • Jigyasa media

थप