काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार हिजो भाइटीका लगाउने दिनसँगै सम्पन्न भएको छ। कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गरी आशीर्वाद लिएर तिहार समाप्त भएको हो।
आज पनि तिहारकै उपलक्ष्यमा सरकारी कार्यालयहरू बन्द छन्। सरकारले भाइटीकाको भोलिपल्ट यात्राको सुविधाका लागि एक दिनको बिदा थप दिएको छ, जसअनुसार सरकारी कार्यालयहरू मंगलबारदेखि मात्रै सञ्चालनमा आउनेछन्। यसअघि १५ गते कुकुर तिहार र लक्ष्मीपूजाबाट सुरु भएको यो पाँच दिने चाडमा विभिन्न परम्परागत पूजाआजा सम्पन्न गरिएको थियो।
- Jigyasa media