Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

तीव्र गतिका दुई मोटरसाइकल ठोकिँदा २५ र २८ वर्षका दुई युवकको मृत्यु

  •   १ वर्ष अघि | १६ भदौ २०८२, सोमवार

भदौ १६, बारा । आइतबार साँझ बारामा भएको भीषण सवारी दुर्घटनामा दुई युवकको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा रौतहट गुजरा नगरपालिका–७ का २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डित रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका महेश पण्डितको परवानिपुरस्थित एलएस न्युरो अस्पतालमा र रोशन चौधरीको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

साँझ करिब ७ बजे जितपुरसिमरा उपमहानगरपालिका–२ मा बा९०प ६७९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र०६–००३ प१७५३ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

बा९०प ६७९४ नम्बरको मोटरसाइकलमा चालक रोशन चौधरीसँगै रौतहट परासवाका ३४ वर्षीय भूपेन्द्र चौधरी सवार थिए। दुर्घटनामा घाइते भएका भूपेन्द्रलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण तीव्र गति नै हो।


  • Jigyasanepal

थप