धनुषा । धनुषाधाम नगरपालिका–२ मंगलपुरमा ४५ वर्षीय भोगेन्द्र ठाकुरको कुटपिटबाट हत्या भएको छ। उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन्।
धनुषा प्रहरीका प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार बिहान ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीय नागेश्वर मुखियाले कुटपिट गर्दा ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
ठाकुरलाई बिहान साढे ११ बजे घरमै कुटपिट गर्दा गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो।
प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको बताइएको छ।
- Jigyasa media