Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काभ्रेको विभिन्न स्थानमा ट्रान्सफर्मर तार चोरी गर्ने गिरोह पक्राउ

  •   २ वर्ष अघि | २७ साउन २०८१, आइतवार

काभ्रे । जिल्लाको विभिन्न स्थानमा विद्युत् ट्रान्सफर्मरमा रहेको तामाको तार चोरी गर्ने एक संगठित गिरोह पक्राउ परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरीले विभिन्न स्थानमा जडान गरिएका ट्रान्सफर्मरहरूमा भइरहेको तार चोरीको सूचना प्राप्त भएपछि विशेष टोली परिचालन गरेर यस गिरोहलाई नियन्त्रणमा लिएको बताएको छ ।

प्रहरी चौकी भकुण्डेवेशी र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको टोलीले चोरीमा संलग्न ७ जनालाई प्रारम्भिक सोधपुछपछि नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानले चोरी गरिएका तामाका तारहरू भक्तपुरका विभिन्न कवाडी पसलमा बेचेर प्राप्त रकम गिरोहका सदस्यहरूले आपसमा बाँड्ने गरेको खुलासा भएको छ। 

अनुसन्धानका क्रममा, प्रहरी वृत्त जगाती, भक्तपुरको संयुक्त टोलीले गिरोहका थप ३ सदस्यलाई समेत पक्राउ गरी, विभिन्न कवाडी पसलहरूमा खानतलासी गरेर चोरीको प्रमाणको रूपमा तामाका तारलगायतका सामानहरू बरामद गरेको छ। अनुसन्धानले गिरोहका सदस्यहरूले कवाडी सामान संकलन गर्ने निहुँमा विभिन्न स्थानमा ट्रान्सफर्मरको अवस्थिति पत्ता लगाउने, र रातको समयमा ट्रान्सफर्मर फोडेर तामाका तारहरू चोरी गर्ने योजना बनाउने गरेको पाइएको छ। 

चोरी गिरोहमा संलग्न नाम ठेगाना  र तस्बिरहरू 


शृङ्खलाबद्ध ६ प्रमुख चोरीका घटनाहरू:

१. मेलडाँडामा ट्रान्सफर्मर चोरी:  

   मिति २०८१/०३/०७ गते राति भुम्लु गाउँपालिका-९ मेलडाँडामा रहेको एनसेल टावरमा जडान गरिएको २५ केभीए ट्रान्सफर्मर फोडेर ३ लाख रुपैयाँ बराबरको तामाको तार चोरी भएको थियो। 

२. मनकुलबेसीको ट्रान्सफर्मर फुटाइ चोरी:

   मिति २०८१/०३/१६ गते राति तेमाल गाउँपालिका-५ मनकुलबेसीमा २५ केभीए ट्रान्सफर्मर फोडेर तामाको धातु चोरी गरिएको थियो।

३. नमोबुद्धमा ५० केभीए ट्रान्सफर्मर चोरी:  

   मिति २०८१/०३/२४ गते राति नमोबुद्ध नगरपालिकामा रहेको बृहत खानेपानी आयोजनाको ५० केभीए ट्रान्सफर्मर फोडेर तामाको तार चोरी भएको थियो।

४. साँधपोखरीमा तीन ट्रान्सफर्मर चोरी:

   मिति २०८१/०४/०७ गते साँधपोखरीमा रहेको कानपुर खानेपानी उपभोक्ता समितिको निर्माणाधीन कार्यालयमा तीन वटा ट्रान्सफर्मर फोडेर तामाको तार चोरी भएको थियो।

५. रानिटारमा ट्रान्सफर्मर चोरी:  

   मिति २०८१/०४/११ गते मण्डनदेउपुर नगरपालिका-९ रानिटारमा ५० केभीए ट्रान्सफर्मर फोडेर ८० किलो तामाको तार चोरी भएको थियो।

६. सोतेमा ट्रान्सफर्मर चोरी:  

   मिति २०८१/०४/१८ गते मण्डनदेउपुर नगरपालिका-७ सोतेमा १५० केभीए ट्रान्सफर्मर चोरी भएको थियो।

यस गिरोहको गतिविधिहरू अन्य जिल्लामा समेत फैलिएको हुनसक्ने आशंकामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूसँग समन्वय गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरी चोरी तथा डाका सम्बन्धी कसुर मुद्दामा म्याद थप गरेर कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी नायब उपरीक्षक राज कुमार श्रेष्ठले बताएका छन् ।

  • Jigyasa media

थप