Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

तनहुँमा दुई बस ठोक्किँदा चालकको मृत्यु, ३० यात्रु घाइते

  •   २ वर्ष अघि | २ मंसिर २०८१, आइतवार

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिकामा दुई यात्रुबहाक बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना यात्रु घाइते भएका छन्।

पृथ्वीराजमार्गस्थित नयाँ पुल गोरेचौतारामा भएको यस दुर्घटनामा गण्डकी प्रदेश नम्बरको जिएए ००७० बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी अशोक थापाका अनुसार, गण्डकी नम्बरको बसका चालक, तनहुँ ऋषिङ पाटन निवासी ३९ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको छ। घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेको छ।

घाइतेहरूलाई तत्काल मोती अस्पताल र लक्ष्मी अस्पताल, डुम्रेमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाको कारणबारे विस्तृत जानकारी आउन बाँकी भए पनि तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। पृथ्वीराजमार्गजस्तो व्यस्त मार्गमा भएको यस दुर्घटनाले यातायात सुरक्षाका मापदण्डहरूमा ध्यान दिनुपर्ने आवश्यकता पुनः औंल्याएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ। यात्रुहरूको उपचारमा कुनै कमी हुन नदिन स्थानीय प्रशासन र अस्पताल परिचालित छन्।


  • Jigyasa media

थप