Breaking News
च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||     देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||    

तलबभत्ता नपाउँदा कर्मचारी र लाभग्राहीको चाडपर्व खल्लो

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्त्यतिर पुगे पनि सर्लाहीका धेरै पालिकाका खाता नखुलेका कारण कर्मचारी र सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीले अहिलेसम्म रकम पाउन सकेका छैनन्। यसले गर्दा दसैं-तिहारजस्ता चाडपर्वमा कर्मचारी र लाभग्राहीहरू निराश भएका छन्।

दशैंको योजना अधुरो

चन्द्रनगर गाउँपालिकाकी ५३ वर्षीया रतियादेवी माझीले सामाजिक सुरक्षाभत्ताले यो वर्ष दशैं मनाउने सोच बनाएकी थिइन्। तर, तीन महिना बित्न लाग्दा पनि रकम नआउँदा उनको योजना अधुरो भयो। उनका अनुसार, श्रीमानको मृत्युपछि परिवारको जिम्मा आफ्नै काँधमा परेको छ, र ज्याला मजदुरीबाट आएको थोरै पैसाले घर चलाउन समेत मुस्किल भइरहेको छ।

दीर्घरोगीको चिन्ता

गोडैता नगरपालिकाका महेन्द्र कुशवाहा दमको दीर्घरोगी हुन्। भत्ताको पैसाले औषधि किनेर खाने गरेको बताउँदै, अहिले भत्ता नआएपछि औषधि किन्न समेत समस्या भएको छ। "नातिनातिना दसैं आयो भन्दै आउँछन्, तर मिठाई किनेर दिने क्षमता छैन," कुशवाहाको दुखेसो छ।

कर्मचारीहरू पनि समस्यामा

पालिकाको खाता सञ्चालन नहुँदा पालिका कर्मचारीहरू समेत तलब नपाउँदा प्रभावित भएका छन्। कविलासी नगरपालिकाका शिक्षक वीरेन्द्र साहले तलब नपाउँदा दशैं मनाउन समेत समस्या भएको बताए। "छोराछोरीले लत्ताकपडा माग्छन्, तर हामीसँग पारिश्रमिक छैन," उनले भने।

ऋण काढेर चाडबाड

बसवरिया गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारी जयलाल सहनीले तलब नआएपछि ऋण काढेर चाडबाड मनाउन बाध्य भएको बताए। "काम गरेको कार्यालयले नै तलब दिन नसकेपछि घरमा झगडा भइरहेको छ," सहनीको गुनासो छ।

विवादले रोकियो काम

सर्लाहीका सातवटा पालिकाले हालसम्म नगरसभा सम्पन्न नगर्दा खाता सञ्चालनमा आएका छैनन्। जसका कारण करिब आठ हजार लाभग्राही र चार सय ५० कर्मचारीले यो समस्या भोगिरहेका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कोष नियन्त्रक रुपेशकुमार तिवारीले केही पालिकाले परिषद् सम्पन्न नगरेकाले खाता सञ्चालनमा नआएको जानकारी दिए।

अन्य पालिकाहरूले भने परिषद् सम्पन्न गरी पहिलो चौमासिकको रकम वितरण गरिसकेका छन्।


  • Jigyasa media

थप