ट्याक्टर दुर्घटना : वडा सदस्यसहित दुई जनाको ज्यान गयो

  •   १ वर्ष अघि | ३१ चैत्र २०८१, आइतवार

भोजपुर, चैत ३१ ।

भोजपुरमा गोबर मल बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जना जनप्रतिनिधिसहित दुई जनाले ज्यान गुमाएका छन्।

शनिबार राति भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा दुर्घटनामा परेको हो।

दुर्घटनामा भोजपुर नगरपालिका–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही स्थानका ५५ वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी युवराज तिम्सिनाले पुष्टि गरे।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको छ।

स्मरणीय छ कि: भोजपुर जस्तो पहाडी भूगोलमा ट्राफिक सुरक्षालाई अझ कडाइका साथ कार्यान्वयन नगर्ने हो भने यस्ता दुर्घटनाले निरन्तर जनधनको क्षति निम्त्याउने खतरा बढिरहेको छ।

  • Jigyasa media

थप