Breaking News
आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||    

काभ्रेको तेमाल ३ मा बस दुर्घटना : चालकको मृत्यु, दुई घाइते

  •   २ वर्ष अघि | ८ फाल्गुन २०८१, बिहिबार

काभ्रे – काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुँडुवाल खोलामा बस दुर्घटना हुँदा चालक समेत रहेका सवारी धनीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बुधबार बिहेको लागि ना ४ ख ८८१७ नम्बरको बस धादिङको जन्ती पुर्याएर रिजर्भ सकेर विहिबार नियमित क्यू लाग्न हिँडेको गाडी दुर्घटना भयो तेमाल एक का वडा अध्यक्ष इन्द्र अधिकारी ले भने ।


आज बिहान भएको दुर्घटनामा बसका गाडी साहु तेमाल १ भैंसेपानी घर भएका रामसिंङ तामाङको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ।

दुर्घटनाग्रस्त बस बिहान करिब ५:४० बजे मोडमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो।

घाइते दुई जनालाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पतालमा लगिँदै छ। घटनाको थप विवरण आउन बाँकी छ।

दुर्घटनामा मृत्यु भएका चालकको तस्बीर

उद्धार र अनुसन्धान

घटनापछि प्रहरी चौकी पचुवारघाटका प्रहरी सहायक निरीक्षक (प्र.चौ.) शम्भु बोहराको कमाण्डमा तीन जनाको टोली खटिएको छ। थप अनुसन्धानका लागि प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक (प्र.नि.) किशोर कुमार बुढाथोकीको कमाण्डमा पाँच जनाको सोको टोली दुर्घटनास्थल पठाइएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थल पाँचखाल प्रहरी चौकीबाट करिब १० किलोमिटर पश्चिम पर्छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


  • Jigyasa media

थप