Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सुरुङमार्गमा ढुंगाले लागेर एक मजदुरको मृत्यु

  •   २ वर्ष अघि | ९ साउन २०८१, बुधबार

हेटौँडा । काठमाडौं–मधेस जोड्ने द्रुतमार्ग अन्तर्गतको सुरुङमार्गमा ढुंगाले लागेर एक मजदुरको मृत्यु भएको छ । द्रुतमार्ग अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका– १२ चालिसे डाँडामा सुरुङमार्गभित्र काम गर्ने क्रममा ढुंगाले लागेर बाराको निजगढ घर भएका २८ वर्षीय बिमल थिङको घटनास्थलमै मृत्यु भएको हो ।


बुधबार दिउँसो साढे ३ बजे भएको सो घटनामा थिङसँगै काम गरिरहेका तनहुँका राजु विक गम्भीर घाइते भएका छन् । ढाड र कम्मरमा चोट लागेका विकलाई उपचारका लागि हेटौँडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

  • RSS

थप