Breaking News
आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

पूर्वी नेपालमा वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हल्का हिमपात हुने

  •   २ वर्ष अघि | ६ पुस २०८१, शनिबार

६ पुस, काठमाडौं। आज देशभर मौसममा परिवर्तन हुँदै पूर्वी नेपालका केही भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली क्षेत्रहरूमा आंशिक बदली हुने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि हिमाली क्षेत्रका एक-दुई स्थानमा फाटफुटदेखि हल्का हिमपात हुन सक्ने विभागले जानकारी दिएको छ।

त्यस्तै, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। तर, तराई क्षेत्रको मौसम भने मुख्यतया सफा रहने सम्भावना रहेको बताइएको छ।

यसैबीच, बिहानको समयमा तराई र काठमाडौं उपत्यकाका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। यो अवस्था दिन चढ्दै विस्तारै हट्ने अनुमान गरिएको छ।



  • Jigyasa media

थप