Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

संविधान दिवसमा ६२० कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

काठमाडौं ।आगामी असोज ३ गते संविधान दिवसको अवसरमा देशभरका ६२० जना कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएको छ। कारागार व्यवस्थापन विभागले ६२० कैदीबन्दीको विवरण सार्वजनिक गर्दै नागरिकको प्रतिक्रिया मागेको छ।

गत वर्ष कर्तव्य ज्यान मुद्दामा माफी मिनाहा पाएका रेशम चौधरी र चेतन मानन्धरको घटनापछि यस वर्ष विवाद नउठोस् भनेर विभागले यो कदम चालेको हो। कैद मिनाहा पाउने व्यक्तिको सूचीमा ५० प्रतिशत सजाय भुक्तान गरेका ५८६ जना र ४० प्रतिशत सजाय भुक्तान गरेका ३१ जना छन्। 

सबैभन्दा धेरै सिफारिस हुनेहरूमा चोरी, बहुविवाह, सवारी ज्यान, नकाबजनी, र डाँका मुद्दाका कैदीहरू छन्। संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले कैद मिनाहा गर्नेछन्।

  • Jigyasa media

थप