काठमाडौ ।
तनहुँको ब्याँस नगरपालिका-३ दुर्गामन्दिरस्थित सडकबाट स्रोत नखुलेको नगद ११ लाख ६५ हजार रूपैयाँ सहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-५ पासाबाङ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१० बस्ने २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.५७ प.७५०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
- Jigyasa media