Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

बाँदर धपाउन राखिएको करेन्टमा परेर वृद्धाको मृत्यु

  •   ३ महिना अघि | ५ असार २०८३, शुक्रबार

काभ्रे, असार ५ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ महाभिरमा बाँदरबाट बाली जोगाउन खेतबारीमा जडान गरिएको करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार दिउँसो करिब ३ बजे पनौती–१२ निवासी ६८ वर्षीया कमला मुल्मी आफ्नै बारीमा लगाइएको काक्रो खेतीमा गोडमेल गर्न जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार बारीमा बाँदरको आतंक बढेपछि काक्रो खेती जोगाउन करेन्ट प्रवाह गरिएको तार जडान गरिएको थियो। सोही क्षेत्रमा काम गर्न जाँदा करेन्टको सम्पर्कमा आउँदा मुल्मीको ज्यान गएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षकको नेतृत्वमा SOCO (Scene of Crime Officer) सहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको छ।

मृतकको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले विद्युत् प्रवाह गरिएका तार तथा यस्ता जोखिमपूर्ण उपाय प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • Jigyasanepal

थप