Breaking News
आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||     आज देशभर मौसम बदली, पहाड र हिमाली क्षेत्रमा वर्षा–हिमपातको सम्भावना    ||     हरितालिका तीजमा शिवालयमा भक्तजनको भीड, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको चहलपहल    ||    

काठमाडौँ उपत्यकामा चिसो तीव्र : न्यूनतम तापक्रम ६ डिग्रीमा झर्दै, मौसममा थप गिरावटको संकेत

  •   ९ महिना अघि | २४ मंसिर २०८२, बुधबार

काठमाडौँ

मंसिर २४ गते बुधबार बिहान काठमाडौँ उपत्यकाले झनै कठ्यांग्रिने चिसो महसुस गरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम झर्दै ६.० डिग्री सेल्सियस पुगेको छ, जुन हिजोको तुलनामा झनै कम हो।

मंगलबार सोही समयमा उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस थियो। यद्यपि मंगलबारकै दिन बिहान ८:४५ बजेतिर पुनः मापन हुँदा तापक्रम ६.२ डिग्रीमा झरेको थियो।

आज पनि ८:४५ बजे हुने औपचारिक मापनपछि न्यूनतम तापक्रम अझै घट्ने कि स्थिर रहने भन्ने टुंगो लाग्नेछ।

मौसम विज्ञहरूका अनुसार राति आकाश सफा रहेमा चिसो झनै बढ्ने सम्भावना रहन्छ। उल्टो, बादल लागेको अवस्थामा बिहानको चिसो केही कम हुन सक्छ।

मौसम महाशाखाले देशभरको न्यूनतम तथा अधिकतम तापक्रम दैनिक दुई भिन्न समयमा मापन गर्छ—

न्यूनतम तापक्रम : बिहान ८:४५ बजे

अधिकतम तापक्रम : साँझ ५:४५ बजे

एकै दिनमा सबैभन्दा कम झरेको तापक्रम न्यूनतम मानिन्छ भने सबैभन्दा माथि पुगेको तापक्रम अधिकतम को रूपमा लिइन्छ।

काठमाडौँ उपत्यकामा लगातार घटिरहेको तापक्रमसँगै जनजीवनमा पनि चिसोको प्रभाव बढ्न थालेको छ। बिहान–बेलुका आवागमनमा सतर्कता र न्यानो पहिरन अनिवार्य बन्दै गएको छ।

  • Jigyasanepal

थप