Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

सडक मर्मतका कारण बिपी राजमार्गको यी ठाउँमा सडक अवरुद्ध हुने .!

  •   २ वर्ष अघि | ५ मंसिर २०८१, बुधबार

भक्तपुर, मंसिर ५। संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौं सडक डिभिजन भक्तपुरले बिपी राजमार्ग धुलिखेल देखि बर्सेखोला सम्मको सडकखण्डमा चौकीडाँडा नार्के बजार कालढुँगा भ्याकुरे खोला माम्ती खोलासम्मको सडक खण्डमा मर्मत कार्यका कारण यातायात केही समयका लागि अवरुद्ध हुने जानकारी गराएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागका अनुसार, बिपी राजमार्गको सो क्षेत्रसम्मका सडक खण्डमा विशेष मर्मत कार्य भइरहेकाले आज बाट (मंसिर ५) गते राति ९ बजेदेखि बिहान ४ बजेसम्म यातायात सञ्चालन बन्द रहनेछ। अर्को सूचना जारी नभए सम्मको लागि सडक अवरुद्ध हुने बताइएको छ ।


सडक विभागले यात्रु तथा सम्बन्धित निकायलाई वैकल्पिक मार्गको प्रयोग गर्न र असुविधा भएमा क्षमाप्रार्थी रहेको जनाएको छ। साथै, मर्मत कार्य प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेको छ।

यो सूचना जारी गर्दै सडक विभागले सम्बन्धित क्षेत्रका बासिन्दा, सवारी चालक, तथा अन्य सरोकारवालाहरुलाई समयमै तयारी गर्न आग्रह गरेको छ।


  • Jigyasa media

थप