सर्लाही, २० कात्तिक। आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीको ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव निकालिएको छ।
सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे गौशाला नगरपालिका-१० का सुरेश महतो (चालक) र सोनमा गाउँपालिका-८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो। गोताखोर टोलीले कार पनि भेटेको छ, जुन पोखरीमै रहेको छ र त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए। घटनाको अनुसन्धान जारी रहेको छ।
- Jigyasa media