Breaking News
सुनकोशीको दोस्रो साधारण सभा    ||     मधु पाठकको कवितासङ्ग्रह ‘अग्नि-आलाप’ लोकार्पित    ||     आज यी क्षेत्रमा भारी वर्षाको सम्भावना, हिमाली भेगमा हिमपात पनि हुनसक्ने    ||     सुवेदीको कथासङ्ग्रह दृष्टिबोध लोकार्पित    ||     ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, कृष्ण धरावासीलाई साधना सम्मान    ||     लोकतन्त्र    ||     देशभर मौसम बदली, यी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज पनि देशभर मौसम बदली, केही क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     ३६ वर्षदेखि अल्झिएको जग्गा दर्ताको काम नयाँ प्रमुख सुवेदी आएपछि फर्छ्योट    ||     मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, ४२१ पालिका र ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि सहभागी हुँदै    ||    

आज विजया दशमी : घर–घरमा टीका–जमरा, उत्तम साइत कति बजे ?

  •   १२ महिना अघि | १६ असोज २०८२, बिहिबार

असोज १६, २०८२ बिहीबार । काठमाडौँ ।

बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। आजका दिन मान्यजनको हातबाट देवी नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहिआएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउन दिनभर उपयुक्त भए पनि उत्तम साइत आज बिहान ११ बजेर ५३ मिनेट मा रहेको छ।

यस दिन गुरु–पुरोहित, हजुरबुबा–हजुरआमा, आमा–बुबा र मान्यजनका हातबाट टीका र जमरा ग्रहण गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ। देवी नवदुर्गाको प्रसादका रूपमा राखिएको जमरा र टीका लगाउँदा आशीर्वादसहित विजय, समृद्धि र दीर्घायुको कामना गरिन्छ।

टाढा रहेका लागि विशेष प्रावधान

मान्यजन टाढा हुनेहरूले भने आजै नभई विजया दशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म जुनसुकै दिन टीका–जमरा ग्रहण गर्न सक्ने परम्परा छ।

दशैँको सामाजिक महत्व

बडादसैँ केवल देवी दुर्गाको विजय पर्व मात्र नभई परिवार, इष्टमित्र र नातेदारबीच भेटघाट, माया र आत्मीयता साटासाट गर्ने पर्व पनि हो। आजको दिन बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेरका मानिसले मान्यजनबाट आशीर्वाद ग्रहण गरी खुसीयालीका साथ पर्व मनाउँछन्।

  • Jigyasanepal

थप