Breaking News
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना    ||     आज दिनभर कस्तो रहनेछ मौसम ? यस्तो छ मौसम पूर्वानुमान    ||     चितवनमा २२२ मिलिमिटर वर्षा, नवलपरासी र तनहुँमा पनि अति भारी    ||     चार प्रदेशमा भारीदेखि धेरै भारी वर्षा, गुल्मीमा ११४ मिलिमिटर पानी    ||     श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||    

फरार बलात्कार अभियुक्त दुई जना मोरङबाट पक्राउ

  •   २ वर्ष अघि | २० कार्तिक २०८१, मङ्लबार

विराटनगर — लामो समयदेखि भागिरहेका जबरजस्ती करणी (बलात्कार) मुद्दाका दुई फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। यीमध्ये एक प्रतिवादीलाई मोरङ जिल्ला अदालतले ११ वर्ष कैद सजाय सुनाएको थियो भने अर्काको मुद्दा अदालतमा मुलतबीमा राखिएको थियो। दोषी ठहर भइसकेका प्रतिवादी करिब ८ वर्षपछि पक्राउ परेका हुन्।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार सुन्दरहरैँचा नगरपालिका–५ लाटीझोडाका ३४ वर्षीय रामे तामाङ लामा उर्फ कूलबहादुर तामाङलाई पक्राउ गरिएको हो। उनलाई मोरङ जिल्ला अदालतले २०७३ साल असार २८ गते जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो। तर, उक्त फैसला भए पनि तामाङ फरार रहेका थिए। हाल इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले उनलाई पक्राउ गरी मंगलबार अदालतमा पेस गरेको छ। अदालतको आदेशपछि उनलाई कारागार चलान गरिएको जानकारी छ।

यसैगरी, पक्राउ पर्ने अर्का प्रतिवादी सामूहिक बलात्कार अभियोगमा फरार रहेका जहदा गाउँपालिका–५ का २७ वर्षीय मानु टुडू हुन्। टुडू २०७६ साल मंसिर २८ गतेदेखि फरार थिए र पाँच वर्षसम्म फरार रहेका थिए। अदालतले उनको मुद्दा मुलतबीमा राखेको थियो। पक्राउपछि टुडूलाई अदालतमा पेस गरिएपछि, मुद्दालाई पुनः सक्रिय बनाएर प्रक्रिया अघि बढाइएको सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए।

बुढाथोकीका अनुसार गोलामार्फत इजलास तोकेर बुधबार टुडूको बयान लिइनेछ। बयानपछि वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस हुनेछ। बहसपछिको आदेशअनुसार टुडूलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा रिहा गर्नेबारे निर्णय गरिनेछ।


  • Jigyasa media

थप