Breaking News
श्रीओम श्रेष्ठ रोदनको नियात्राकृति विदेशमा देश लोकार्पित    ||     आज पनि देशभर वर्षाको सम्भावना, गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको चेतावनी    ||     पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध, चारसयबेँसी र गिम्दीबेँसीमा दुवैतर्फको यातायात रोकियो    ||     आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीका केही स्थानमा अति भारी वर्षा हुनसक्ने    ||     काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको निधन    ||     आज कोशी र बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आज चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     देशभर मौसम बदली, पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना    ||     आजको रात म लेख्न सक्छु उदास पङ्क्तिहरू    ||     सुनकोशीको दोस्रो साधारण सभा    ||    

राहत वितरण गर्न पुगेको टोलीको अनुभूति:१०० वर्षअघिको जस्तै दयनीय अवस्थाका गाउँबासी !

कष्टकर यात्रा पछि खानीखोलामा राहत वितरण

  •   २ वर्ष अघि | १४ पुस २०८१, आइतवार

काभ्रे। विकट गाउँका दुःखदायी जीवनशैली अझै परिवर्तन हुन सकेको छैन। काभ्रेको खानीखोला गाउँपालिका–७ खजुली बेसीमा स्थानीयलाई राहत सामाग्री वितरण गर्ने क्रममा उक्त ठाउँको दुर्दशाले उपस्थित टोलीलाई भाबुक अनुभूति बनाएको छ।


सहयोगी संस्था "हामी नेपाल" ले खजुली बेसीका बासिन्दालाई खाद्यान्न, सोलार लाइट, ब्लाङ्केटजस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ। राहत सामग्री पाउँदा स्थानीय बासिन्दाको अनुहारमा देखिएको खुशीले संस्था र स्वयंसेवक टोलीको मेहनत सार्थक बनेको महसुस भयो।


राहत वितरणका लागि निकै कष्टकर यात्रा तय गर्नुपरेको थियो। खराब बाटो, दुर्गम पहाड र चिसो हावापानीले यात्रा कठिन बनाएको भए पनि गन्तव्यमा पुगेर देखिएको जनताको अवस्था झन् हृदयविदारक थियो। स्थानीय जनताको जीवनस्तर हेर्दा उनीहरू आज पनि करिब १०० वर्षअघिको अवस्था झैँ कठोर जीवनशैलीमा बाँचिरहेका छन्। युवा समाजसेवी परीक्षण हुमागाईले यो आफ्नो अनुभूत सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।


गाउँका अधिकांश घरहरु जिर्ण छन्। आधारभूत सुविधाको अभावमा दिनचर्या चलाइरहेका स्थानीयले सोलार लाइट पाएपछि अँध्यारो गाउँ झिलीमिली बन्ने आशा गरेका छन्। त्यस्तै, चिसो मौसममा ब्लाङ्केट र खाद्यान्नले उनीहरूको तत्कालीन समस्या समाधान गर्ने विश्वास लिइएको छ।


सहयोग टोलीका एक सदस्यले भने, “विकटताको यस्तो अवस्था अझै छ भन्ने कुराले हामीलाई भाबुक बनाएको छ। हामीले दिएको सानो सहयोगले उनीहरूको जीवनमा केही सहजता ल्याउन सकोस् भन्ने हाम्रो चाहना हो।”


यस दुर्गम क्षेत्रका जनताको दुःख कम गर्न सरकारी र गैरसरकारी क्षेत्रले दीर्घकालीन योजनासहित हस्तक्षेप गर्नु अत्यावश्यक छ। राहत सामग्री वितरणले तत्कालीन समस्या समाधान गरे पनि दीर्घकालीन विकास र पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी छ।

"हामी नेपाल" जस्ता संस्थाले यसरी विपन्न र विकट क्षेत्रमा पुगेका जनतालाई राहत दिने प्रयासले साँच्चै समाजसेवाको भावनालाई बलियो बनाउँछ। राहत वितरणको यो कार्यले सरकार र अन्य संस्थाहरुलाई पनि यस्ता दुर्गम क्षेत्रको अवस्था सुधार्न प्रेरणा दिनेछ।



  • Jigyasa media

थप