काभ्रे, पौष ७ – नेकपा एमाले काभ्रेपलाञ्चोकका नेता तथा रोशी गाउँपालिका वडा नं. १ का निर्वाचित वडाध्यक्ष श्रीदास लामाको असामयिक निधन भएको छ । उनको निधनको खबर सँगै नेकपा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले शोक विज्ञप्ति जारी गर्दै पार्टी र जिल्लावासीलाई शोकाकुल बनाएको उल्लेख छ । लामाको निधन आज उपचारका क्रममा भएको हो।
गाउँपालिका का अध्यक्ष दिनेश लामाले जारी गरेको शोक विज्ञप्ति

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीका अध्यक्ष राजन भुर्तेलले जारी गरेको शोक विज्ञप्तिमा श्रीदास लामाको निधनलाई अकल्पनीय र अपूरणीय क्षति भनेका छन्। विज्ञप्तिमा भनिएको छ, “श्रीदास लामा पार्टीका कुशल र जुझारु नेता मात्र नभई अत्यन्तै जनप्रिय जनप्रतिनिधि हुनुहुन्थ्यो। उहाँको निधनले जिल्लाको कम्युनिष्ट आन्दोलनमा अपुरणीय क्षति पुगेको छ।”
पार्टीका सचिवालय सदस्य समेत रहेका लामाले आफ्नो कार्यकालमा वडाको समग्र विकास र जनहितका लागि योगदान पुर्याएका थिए। नेकपा एमाले काभ्रेपलाञ्चोकले लामाको निधनले पार्टी पंक्ति स्तब्ध र मर्माहत भएको जनाउँदै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ।
लामाको निधनले रोशी गाउँपालिका मात्र होइन, समग्र काभ्रेपलाञ्चोकमा विकासप्रति समर्पित नेतृत्वको अभाव सिर्जना भएको नेता तथा कार्यकर्ताहरूले बताएका छन्।

- Jigyasa media