बरहथवा (सर्लाही) - सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको छ। ब्रह्मपुरी–२ स्थित राम जानकी मठको पोखरीमा नुहाउने क्रममा अंकित साहको डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार बालक साह घर नजिकैको पोखरीमा नुहाउन गएका थिए। स्थानीयले उनलाई तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन सकिएन।
- Jigyasa media