Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

प्रहरीले चलाएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको मृत्यु

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

काठमाडौँ - प्रहरीद्वारा चलाइएको मोटरसाइकलले ठक्कर दिएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक भरतपुर महानगरपालिका–२ निवासी ४२ वर्षीया सुस्मा श्रेष्ठ हुन्।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार, साउन ४ गते वडा नं २ बाइपास रोडमा पैदलयात्री श्रेष्ठलाई ना२१प १७१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। 


जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले महिलालाई ठक्कर दिएका थिए। उनको उपचारका क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।

  • Jigyasa media

थप