Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

पर्खाल भत्किएर एक बालिकाको मृत्यु

  •   २ वर्ष अघि | २९ असार २०८१, शनिबार

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौं उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न ४ बजे उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए । घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारको क्रममा एक बालिकाको मृत्यु भएको उनले बताए । मृतकको पहिचान हुन सकेको छैन ।

घटनाबारे जानकारी पाएलगत्तै फर्पिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीयवासीको सहयोगमा उनीहरुको उद्धार गरेको थियो । घाइते सबैको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा परेका सबै सोही स्थानमा रहेको थाई गुम्बामा बस्ने बालबालिका भएका बताइएको छ । 

  • RSS

थप