काभ्रे ।
२०८१ सालको भदौ ११ गते, दिउँसो ३ बजे, काभ्रे जिल्लाको भुम्लु गाउँपालिका-८ स्थित रहेको "WIN NEPAL लघुवित्त वित्तीय संस्था लिमिटेड" मा केही अप्रिय घटना घट्यो। २०/२२ जना व्यक्तिहरूले बा १८ च १०५१ नम्बरको बोलेरो गाडीमा आएर संस्थाका कर्मचारीहरूसँग छलफल गर्ने भन्दै कार्यालयको महत्वपुर्ण कागजपत्रहरू र कम्प्युटर उठाएर लगेका थिए।
यस घटनामा संलग्न आरोपमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ। घटनाको सूचना प्राप्त भएपछि, प्रहरी चौकी दोलालघाटको टोलीले तुरुन्तै बोलेरो गाडीलाई रोकेर संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा पठाएको थियो।
२०८१ साल भदौ १२ गते, काभ्रेपलाञ्चोक जिल्ला अदालतले आपराधिक उपद्रव कसूरमा पाँच दिनको म्याद थप अनुमति दिएपछि पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमा:
1. भक्त बा. ब्लोन (४० वर्ष) - खानिखोला गाउँपालिका-१, काभ्रे।
2. कमला माझि (४२ वर्ष) - चौरीदेउराली गाउँपालिका-८, काभ्रे।
3. कान्छी माया तामाङ (५९ वर्ष) - भुम्लु गाउँपालिका-१०, काभ्रे।
4. सरू दाहाल (४० वर्ष) - इन्द्रावती गाउँपालिका-७, सिन्धुपाल्चोक।
5. रूपा पोखरेल (४० वर्ष) - भुम्लु गाउँपालिका-९, काभ्रे।
6. हिरा शाही (४२ वर्ष) - भुम्लु निवासी छन् ।
- Jigyasa media